सामाजिक परिचालक (Social Mobiliser – Surkhet)
सामाजिक परिचालक (Social Mobiliser – Surkhet)

यूनाइटेड मिसन टु नेपाल मेडिकल डेभलपमेन्ट ट्रष्ट (यू.एम.एन. एम.डी.टी.) गरिब तथा सीमान्तकृत व्यक्ति तथा समुदायहरूको जीवन रूपान्तरण गर्दै “प्रशास्तताको जीवन” तर्फ अग्रसर गराउने लक्ष्यसहित स्थापना भएको एक सार्वजनिक गुठी हो। नेपालका मानिसहरूको सेवामा समर्पित रहँदै, यस संस्थाले युनाइटेड मिशन अस्पताल तानसेन, पाल्पा र ओखलढुङ्गा सामुदायिक अस्पताल, ओखलढुङ्गा तथा चार  प्रदेशका ११ वटा जिल्लाहरुमा विभिन्न विषयगत सामुदायिक रुपान्तरणका परियोजनाहरु कार्यान्वयन गर्दै स्वस्थ, सम्मानित र सशक्त व्यक्तिहरू तथा रूपान्तरित समुदाय निर्माणका लागि स्थानीय सरकार र अन्य सरोकारहरुसँगको साझेदारी र सहकार्यमा काम गरिरहेको छ ।

पद: सामाजिक परिचालक (Social Mobiliser)

आवश्यक संख्या: १ जना

परियोजनाको नाम र कार्यस्थल: दिगो जीविकोपार्जन (Roots to Resilience), बराहताल, सुर्खेत

पदको मुख्य उद्देश्य:

यस पदको मुख्य उद्देश्य Seed of Change: Roots to Resilience (R2R) परियोजनाका गतिविधिहरू कार्यान्वयन गर्नु र समुदाय परिचालन गर्नु हो। साथै प्रभावकारी क्षमता विकास, सम्बन्ध निर्माण तथा क्रियाकलाप कार्यान्वयन मार्फत यू.एम.एन. एम.डी.टी.को कर्णाली प्रदेश क्लस्टरको रणनीतिमा योगदान पुर्‍याउनु हो।

शैक्षिक योग्यता तथा अनुभव:

  • इन्टरमिडिएट (+२) तह उत्तीर्ण गरि सामाजिक परिचालनमा कम्तीमा २ वर्षको अनुभव भएको ।
  • समूह तथा सञ्जाल परिचालनका लागि बैठक, अभिमुखीकरण र तालिमहरू आयोजना र सहजीकरण गरेको अनुभव भएको ।
  • स्थानीय समुदायसँग सम्बन्ध निर्माण गर्न सक्ने सीप भएको ।
  • वडा तथा नगरपालिका तहका सरकारी तथा गैरसरकारी सरोकारवालासँग समन्वय गर्ने सिप भएको ।
  • लैङ्गिक विभेद, हानिकारक परम्परागत अभ्यास तथा सामाजिक मुद्दाबारे आधारभूत ज्ञान भएको ।
  • ग्रामीण समुदायमा काम गरेको अनुभव भएको ।
  • स्थानीय भाषा, परम्परा तथा सांस्कृतिक अभ्यासबारे जानकारी भएको ।
  • परियोजनाका गतिविधिहरुको प्रतिवेदन तथा मानवीय वा सफलताका कथा लेखनका सिप भएको ।

तलब तथा सुविधाहरू यू.एम.एन. एम.डी.टी.को नीतिअनुसार हुनेछन्।

न्यूनतम योग्यता पूरा गर्ने सबै इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिन्छ। कार्य विवरण (Job Description) र आवेदन फाराम हाम्रो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ: www.umn.org.np/vacancy

पूरा भरिएको आवेदन फाराम १९ अक्टोबर २०२६, सोमबार बेलुका ५:०० बजेसम्म ईमेलमार्फत nepali.recruit@umn.org.np मा पठाउनुपर्नेछ वा यू.एम.एन. एम.डी.टी.को प्रदेश कार्यालय बिरेन्द्रनगर ७, इत्राम सुर्खेतमा  पेश गर्न पनि सकिनेछ। छोटोसूचीमा परेका उम्मेदवारहरूलाई मूल्याङ्कन प्रक्रियामा सहभागी हुन आमन्त्रण गरिनेछ।

हामी महिला तथा सीमान्तकृत समूहहरूबाट आउने आवेदनलाई विशेष प्रोत्साहन गर्दछौ ।